११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

खेलकुद महासंघ दोलखाको अध्यक्षमा नर्बु मोक्तान


५ जेष्ठ २०८१, शनिबार  

162
Shares

चरिकोट । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ दोलखाको अध्यक्षमा नर्बु तामाङ सर्वसम्मत चयन भएको छ । शनिबार चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा तामाङ चयन भएको हो ।

तामाङ नेतृत्वमा ३१ कार्य समिति सर्व सम्मत चयन भएको महासंघले जनाएको छ । महासंघको उपाध्यक्षमा पदम बहादुर तामाङ र आकाश बाबु मुगराती, सचीव अपिल मोक्तान, उप सचिवद्धयमा बलबहादुर जिरेल र देवि प्रसाद ओली रहेका छन् ।
नव निर्वाचित अध्यक्ष तामाङले जिल्लामा खेलकुद क्षेत्रलाई चलायमान बनाउनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेर काम गर्ने बताए ।

खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले अधिवेशको औपचारिक उद्घाटन गरेका थिए । अध्यक्ष बस्नेतले दोलखाको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन हुने गरेर महासंघलाई अगाडि बढाउन नयाँ टिमले काम गर्नु पर्ने धारणा राखेका थिए ।

खेलकुद क्षेत्र आफैमा विश्वव्यापी भएकाले देशको प्रतिष्ठालाई उच्च राख्ने गरेर महासंघले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा महासंघका महासचिव धर्म लामा, बागमती प्रदेश इन्चार्ज, जिल्लाका इन्चार्ज बासु श्रेष्ठ, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, एमाले नेता डबल पाण्डे, साथै एमाले दोलखाका नेतागणले सम्बोधन गरेका थिए ।

साथै दोलखाका खेलुकद प्रशिक्षक शान्त तामाङ(पाख्रिन) र कराँते प्रशिक्षकहरुलाई सम्मान समेत गरिएको थियो ।
अधिवेसको ¥याली विहान पाटी कार्यालयबाट सुरु भएर बजार परिक्रमा गर्दै चरिघ्याङ कार्यक्रमस्थल पुगेको थियो । ¥यालीमा बोचको भजन टिम र भीनपा ५ का महिला पञ्चैबाजाको समेत प्रस्तुती रहेको थियो ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ११ : ५१ बजे