१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

पाँच अर्बमा निर्माण भएको कालिनाग र सर्वमाविको भवन हस्तान्तरण


४ जेष्ठ २०८१, शुक्रबार  

78
Shares

चरिकोट । चीन सरकारद्धारा दोलखा जिल्लाको सिंगटी र जिलूमा निर्माण गरिएको आधुनिक विद्यालयको भवन विहिबार हस्तान्तरण गरिएको छ ।

सिंगटिको कालिनाग माविको प्रांगनमा भव्य समारोहबीच चीन सरकारका प्रतिनिधिले विद्यालयका प्रअ, जिल्ला शिक्षा एकाइ प्रमुखलाई चाविसहित औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

चीन सरकारले ५ अर्व लगानी गरेर कालिनाग मावि र सर्वमावि जिलुको दुई वटा भवन निर्माण गरिएको थियो ।
नेपालस्थित चीनको आर्थिक तथा वाणिज्य कार्यालयका काउन्सिलर सि युले यी दुई नमुना विद्यालय निर्माणमा सहयोग गर्ने सबै कामदार, स्थानीय निकाय, शिक्षा समयन्त्रलाई धन्यवाद ज्ञापन गरेका थिए ।

नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध रहेकाले दिर्घकालिन रुपमा यस विद्यालयले शिक्षा क्षेत्रमा प्रभावशालि काम गर्न सि युको सुझाव थियो ।
‘आगामी दिनमा पनि नेपालसँग शैक्षिक क्षेत्रमा काम गर्न चाहान्छौं, ‘काउन्सिलर सि युले भने,‘यहाँको जनताको शैक्षिक स्तर माथि उठोस । भवन मात्रै भएर हुँदैन । यहाँको विद्यार्थी, शिक्षक र अभिभावकले अपन्त्व लिनुपर्छ।’

हामी सधै तपाईहरुको शैक्षिक गुणस्तरको लागि शुभेच्छा प्रकट गर्छौ, सि युले भने ।

यस्तै नेपालस्थित चिनियाँ दूतावासको सचिव लु लिचो, चिनियाँ उद्यम संघको झु किन्ज्यू, नेपालका लागि चाइना इलेक्ट्रिक पावार कन्स्ट्रक्सन कर्पोरेशनका प्रतिनिधि, चाइना वाटर कन्जर्भेन्सी एण्ड हाइड्रोपावर छैटौं इन्जिनियर ब्युरो कम्पनी लिमिटेडका प्रमुख इन्जिनियर ये मिङ लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला शिक्षा एकाइको प्रमुख शकर बाबु श्रेष्ठ, सर्वमाविका प्रअ विश्वमणि चौलागाई र कालिनाग माविका दताराम नेपालले चीन सरकारका प्रतिनधिहरुलाई धन्यवाद ज्ञापनसहित सम्मान गरिएको थियो ।

चिनियाँ प्रतिनिधिका लागि विद्यार्थीहरुले नेपाली संस्कृति झल्कने नृत्य समेत प्रस्तुत गरेका थिए । कालिञ्चोक गाउँपालिकाको ३ नंं. वडामा पर्ने यस विद्यालयको भवन आकर्षक र भव्य रहेको प्रअ दताराम नेपालले बताए ।

‘हामी विद्यायलाई छिटै सञ्चालनमा ल्याउनेछौं । व्यवस्थापकिय काम अझै बाँकी छ ,’ नेपालले भने,‘जेठ अन्तिमसम्म यसै विद्यालयबाट पठनपाठन सुरु गछौं ।’

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  २ : ४१ बजे