चरिकोट । दोलखा जिल्लाको विगु गाउँपालिका १ नं. वडाका अध्यक्ष मेम्बा तामाङले फ्रान्सेली नागरिकलाई सम्मान गरेका छन् । फ्रान्सेली नागरिकको सहयोगको कदरगर्दै वडा अध्यक्ष तामाङले डम्फूसहित सम्मान पत्रद्धारा सम्मान गरिएको हो ।
२०७२ को वैशाखमा आएको भूकम्पबाट पालिकाको साविकको गोगार डाँडा पन्चेत ६ को स्यालुवासिलाई फ्रान्सेली नागरिकले जस्तापाता वितरणमा सहयोग गरेका थिए ।
उक्त सहयोगका लागि वडा अध्यक्षले फ्रान्सेली नागरिलाई सम्मान गरिएको हो ।
यस्तै, फ्रान्सेली नागरिकले ६ नं. वडाको गुम्बा निर्माणको लागि समेत २ लाख रुपैंया आर्थिक सहयोग गरेका थिए । साथै सो वडाको घरधुरीलाई १५ हजारको दरले सहयोग गरेको वडा अध्यक्ष मेम्बा तामाङले जानकारी दिए ।
