दोलखा । बागमती प्रदेशको पर्यटन उद्योग तथा सहकारी मन्त्री शैलेन्द्र बज्राचार्यलाई नेकपा एमाले दोलखाले स्वागतसहित चियापान गरेको छ । एमाले दोलखाले पाटी कार्यलयमा निमन्त्रणा गर्दै स्वागत सहित चियापान गरिएको हो ।
बागमती प्रदेश दोलखा (ख) का सांसद भरत बहादुर केसी, एमाले दोलाखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, सचिव स्वयम बहादुर खड्का, जिल्ला कमिटिका पदाधिकारीले पाटि कार्यालयमा नै स्वागत गरिएको हो ।
उक्त भेटघाटमा दोलखा जिल्लाको पर्यटन, संस्कृति र सहकारीको समसामयिक विषयमा छलफल भएको एमाले अध्यक्ष श्रेष्ठले जानकारी दिए । चियापान तथा भेटघाटमा दोलखाका सांसद भरत केसीले जिल्लाको विकास निर्माण, पर्यटकीय गन्तव्य र बजेट विनियोजनको विषयमा ध्यानकर्षण समेत गराएका थिए ।
