चरिकोट । गौरीशकर न्यूज डट कमका सम्पादक बाबुराम शर्मा सम्मानित हुनु भएको छ । हाम्रो जनकल्याण साकोसको २८ औं स्थापना दिवसको अवसरमा सम्पादक शर्मा सम्मानित हुनु भएको हो ।
दोलखाको अग्रज पत्रकार समेत रहेका शर्मा भीमेश्वर मिडिया एण्ड रिसर्च प्रालिद्धारा सञ्चालन गरिएको गौरीशकर न्युज डटकमका सम्पादन हुन् । उहाँ गोर्खा पत्र दैनिकमा लामो समयदेखि आबद्ध रहेका छन् ।
पत्रकारिता क्षेत्रमा उहाँको सक्रियता, पारदर्शिता र सहकारी क्षेत्रमा कलम चलाएको भन्दै सहकारीले सम्मान गरिएको हो ।