चरिकोट । नेकपा एमाले भीमेश्वर नगर कमिटीको दोस्रो अधिवेशन वैशाख २२ गते चरिकोटमा हुने भएको छ।
अहिले नगरपालिकाको ९ वटै वडाबाट प्रतिनिधि चयन भैरहेको नगर कमिटिका कार्याबाहक अध्यक्ष भोला खतिवडाले जानकारी दिए ।
सो अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि २५० भन्दा बढी प्रतिनिधि सहभागी हुने नगर कमिटिले जनाएको छ ।
अधिवेनमा ‘समृद्ध भीमेश्वर निर्माणको दस्तावेज’मा छलफल गरेर पारिने गरिने बताईको छ ।
साथै कमिटिका गतिविधि र राजनैनिक अबस्थाको चिरफार भएको राजनीतिक तथा सांगठनिक प्रतिबेदन प्रस्तुति र छलफल हुने छ ।
साथै आगामी कार्यभार उल्लेख भएको नितिगत दस्तावेज पारित गरि सो कार्यान्वयनका लागि समावेशी कमिटि चयन हुने कार्याबाहक अध्यक्ष खतिवडाले जानकारी दिए ।
उक्त कार्यक्रमको प्रमुख अतिथी नेकपा एमालेको पोलिट्ब्युरो सदस्य आनन्द पोखरेल रहेको छ ।