१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

देउराली पानीघाट सडकमा ठेकदारको बदमासी, सांसद केसीले गरे डिजिलाई फोन


१४ बैशाख २०८१, शुक्रबार  

776
Shares

दोलखा । बागमती प्रदेश, दोलखा (ख) का सांसद भरत केसीले देउराली पानीघाट सडक खण्ड निर्माणमा गुणस्तरहिन काम भएको भन्दै काम रोक्न निर्देशन दिएका छन् ।

भीमेश्वर नगरपालिका १ नं. वडामा पर्ने सडकको अनुगमण गर्ने क्रममा सोलिङको काम गुणस्तरहिन भेटिएपछि काम रोक्न बागमती प्रदेश पूर्वाधार विकास कार्यालका प्रमुखलाई निर्देशन दिएका हुन् ।

बागमती प्रदेस सरकारले चालु आर्थिक वर्षमा उक्त सडक खण्डको लागि ५० लाख बजेट विनियोजन गरेको थियो । सो सडक खण्डमा ठेक्का प्रणालिबाट काम भएको हो ।

देउराली पानीघाट सडक खण्डमा सोलिङ गर्ने ढुंगा फस्को भएको र ठूलो गाडिको भार थेग्न नसक्ने सांसद केसीको भनाइ थियो ।
‘टिपण टापण ढुंगा हालेर सोलिङ हुँदैन । अहिलेलाई काम रोक्नुस्,’ सांसद केसीले भने‘माथि निर्माण कम्पनी र ठेकेदार को रहेछ बुझ्छु । उहाँहरुलाई नै भन्छु । अहिले काम रोकिदिनुस । ’

काम गरेर खेर जानु हुँदैन । कामदारले श्रम पाउनुपर्छ । तर, गुणस्तरहिन कामलाई ढाकछोप गर्न नसकिने सांसद केसीको भनाई थियो ।

रामेछापका भुवन श्रेष्ठले सो सडक खण्डको ठेक्का पाएको थियो ।

प्रदेश सांसद केसीले सो सडक निर्माणको विषयमा प्रश्न उठाएपछि विआरएस कन्ट्रक्सका सञ्चालक भुवन श्रेष्ठले भने,‘उहाँले भनेजस्तो ठ्याकै होइन, सोलिङ भर्खर मात्रै सुरु गरिएको हो । काम रोकि सकेका छौं । अर्को ढुंगा झारेर मात्र सोलिङ गछौं ।’
भीमेश्वर नगरपालिकाको उप प्रमुख कमला बस्नेतसमेत अनुमणमा पुगेको थियो । उप प्रमुख बस्नेतले यो विषयमा आफू पनि गम्भीर भएको र काम गुणस्तर गर्न निर्देशन दिएको बताइन ।

प्रकाशित मिति : १४ बैशाख २०८१, शुक्रबार  ९ : ४५ बजे