१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

व्यवसायका लागि सहकारी वरदान सावित


३ बैशाख २०८१, सोमबार  

342
Shares

बाबुराम शर्मा

दोलखाका घरआँगनमै दर्जनौँ बैंकहरु आए । गाउँमा थुप्रै हजारिया जन्मिए तर दोलखाली सेवाग्रहीका लागि पहुँच पुग्ने र सरल सेवा दिने वित्तीय संस्था नहुँदा उनीहरुले साहुको चर्को व्याज र बैंकहरुको झन्झटिलो प्रक्रिया व्यहोर्नु परिरहेकै बेला सहकारीहरुको उदय भयो । बल्ल आप्mनै स्वामित्वका सहकारीहरुले निमुखा, विपन्नहरुको समेत पहुँच दिने काम ग–यो ।
झन्झटिलो प्रक्रिया र चर्को व्याज तिर्नबाट मुक्त भएका सेयर सदस्यहरुले बल्ल आँटेको पेसा व्यवसाय अपनाएर जीवन शैली परिवर्तन गर्ने मौका पाए । अहिले सहकारीका सेयर सदस्यहरुले धेरै आयआर्जनमुखी पेसा व्यवसाय गरेर जीवन सुध्र्रिएका ज्वलन्त उदाहरणहरु देखाइसकेका छन् ।

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.चरिकोटबाट ऋण लिएर व्यापार गर्नु हुने समर्पण दुध सङकलन तथा प्रशोधन डेरी उद्योग भीमेश्वर नगरपालिका–८ बोचका सञ्चालक सुशीला तमाङ अहिले लाखौँको व्यापार गर्ने हैसियतमा पुग्नु भएको छ । उहाँले उपत्यकामा भए जस्तै राम्रो डेरी सञ्चालन गर्न सहकारीबाट पहिला २५ लाख रुपियाँ ऋण लिनु भएको हो । अहिले चुक्ता गर्दै लिँदै गर्दा १० लाख रुपियाँ ऋण पुगेको छ तर लाखौँको व्यापार गरी लाखौँकै सम्पति पनि जोडिसकेको उहाँले बताउनु भयो ।


उहाँका श्रीमान सञ्चालक धनबहादुर तमाङले जाइकाले गराएको २० दिने जापान भ्रमणबाट देखेसिकेको सीपलाई उपयोग गरी गत नौ वर्ष अघि समर्पण दुध सङकलन तथा प्रशोधन डेरी उद्योग सञ्चालन गर्नु भएको हो । सञ्चालक तमाङले भन्नु भयो, आप्mनो नाफाभन्दा नि गाउँलेहरुलाई पशु पालन गरी आयआर्जनमा तल्लीन गराउनु मुख्य लक्ष्य राखिएको थियो । चार वर्षसम्म स्वयम सेवकको रुपमा उद्योग सञ्चालन गरियो । अब पशु पालनमा वृद्धि भएर राम्रै दुध आउन लागेको छ । दुई वर्षयता आम्दानी पनि हुन थालेको छ ।

सिजनमा साढे छ सय लिटर र बेमौसममा चार सय लिटर दुध खपत हुने गरेको छ । दुध धेरै सङकलन हुँदा दही, पनिर, खुवा समेत बनाउने गरिएको उहाँले बताउनु भयो ।

हाम्रो जनकल्याणसँग गाभिएको गाउँको अग्रगामी सहकारीबाट गाडी खरिदका लागि लिएको ऋण चुक्ता गरी गाडी आप्mनो भएको जानकारी दिँदै उहाँले भन्नु भयो, बच्चा पढाउने र घर खर्च कटाएर मासिक चार हजारमा भाडामा लिएको जग्गा १३ लाखमा खरिद गर्न पनि सफल भइएको छ । उद्योगलाई भरथेग गर्ने किसान पनि उँभो लागेका छन् भने उद्योगले पनि आम्दानी वृद्धि गर्दै लगेको छ । सन्तुष्ट भइएको छ ।

सहकारीको १० लाख ऋण भुक्तानी गरी उद्योग विस्तारका लागि थप ऋण लिने सोच बनेको छ । ऋण लिन्छु त आप्mनै सहकारीबाट लिन्छु । मलाई फाप्छ । अन्यत्र भए जस्ता यहाँका लागि डेरी चलाउँछु । यो व्यापारबाट सन्तुष्ट छु । धैर्य र संयम भएर आप्mनो व्यापार गर्न सबैलाई आग्रह पनि गर्दछु ।

गाउँको चर्को व्याज र बैंकहरुका झन्झटिला प्रक्रियाबाट मुक्त भई सुशीला जस्ता हाम्रो जनकल्याण सहकारीको ऋण लिएर व्यापार व्यवसाय गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको बताइन्छ ।

अध्यक्ष राजन श्रेष्ठका अनुसार २५ जना संस्थापक सेयर सदस्यबाट २०५० सालमा स्थापना भएको सहकारीले धेरै आरोहअवरोह पार गर्दै अहिले एसियाली ऋण महासंघ ( एसिसियु ) बाट एकसेस ब्रान्ड प्राप्त गरिसकेको छ । 

सानासाना छरिएर रहेको पूँजी सङकलन गर्दै सहकारी संस्थामार्फत परिचालन गरी सामाजिक र समाजलाई सहकारीको माध्यबाट व्यवसायतर्फ उन्मुख गराई गरिबी, पछौटेपन, बेरोजगारले जकडिएका युवालाई समेत उत्थान क्रियाशील गराउने प्रयास भइरहेको छ । आप्mना सेयर सदस्यहरुलाई समय सापेक्ष सूचना प्रवाह गर्न विभिन्न नयाँ प्रविधिहरु सहितको सेवा सुविधा दिन साकोस तल्लीन रहिआएको छ ।

प्रमुख कार्यकारी अधिकृत दीपक बस्नेतका अनुसार सेयर सदस्य महिला चार हजार ८६६, पुरुष चार हजार ४७१, बाल बचतकर्ता तीन हजार ५९९ र ३८ वटा संस्थाहरु रहेको संस्थाको सम्पत्ति तथा दायित्व ८२ करोड ५१ लाख ,बचत ६५ करोड ८७ लाख र ऋण लगानी ६१ करोड ७४ लाख ७७ हजार रहेको उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १२ : २२ बजे