१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

वैशाख ६ गते चोथाङको पदमसम्भवको प्राणप्रतिष्ठा गरिने


२ बैशाख २०८१, आइतबार  

66
Shares

चरिकोट । भीमेश्वर नगरपालिका ६ नं. वडा चोथाङमा निर्माण भएको गुरु रेम्बोर्छे(पदमसम्भव) को मुर्तिको वैशाख ६ गते प्राणप्रतिष्ठा गर्ने भएको छ ।

वडा नं. ६ वडा कार्यालयको आयोजनमा बौद्धधर्म गुरु उर्गेन छ्योङ हेसे डोल्पो टुल्कु रिन्पोर्छेले पुजासहित पदमसम्भवको प्राणप्रतिष्ठा गरिने भएको हो ।

सो कार्यक्रममा खेन्पो सोनम छिरिङ तामाङ, खेन्पो मिग्मार लामा अन्य लामा गुरुहरुको समेत उपस्थिति रहने वडा अध्यक्ष नविन लामाले जानकारी दिए ।

सो दिन वाङ आयु अभिशेक पुजा कार्यक्रम समेत हुने बताइएको छ । सो कार्यक्रममा सहभागिताको लागि वडा अध्यक्ष लामाले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  ११ : १२ बजे