चरिकोट । भीमेश्वर नगरपालिका ५ नं. वडाको किराँती छापमा किरोतेश्वर महादेवको मन्दिर र धार्मिक पुस्तकालय निर्माणका लागि बुधबारबाट महायज्ञ सुरु भएको छ । किराँतेश्वर महादेव मन्दिर संंरक्षण संस्थाले सो महायज्ञ आयोजना गरेको हो ।
बागमती प्रदेश दोलखा (ख) का सांसद भरत बहादुर केसीले उक्त महायज्ञको उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथिको रुपमा रहेका सांसद केसीले धार्मिक कार्यक्रमले समाज र समुदायलयाई अनुशासित र सभ्य बनाउन तर्फ अग्रसर बनाउने बताए । धार्मिक कार्य पुण्यको पवित्र कार्य भएकाले यसमा सबैले सक्ने सहयोग गर्न अपिल समेत गरेका थिए ।
महायज्ञमा पण्डित लक्ष्मण प्रसाद भण्डारी (शास्त्री) र सुजन प्रसाद सुवेदीले कथा वाचन गर्नेछन् ।

आज विहान चरङगे त्रिवेणीबाट सुरु भएको कलस यात्रा सदरमुकाम चरिकोट कोटि होम हुँदै बुढाभिसेन भएर महायज्ञस्थल पुगेका थिए ।
किराँतेश्वर महादेव मन्दिर संंरक्षण संस्थाका अध्यक्ष इश्वर बहादुर थापाको अध्यक्षता कार्यक्रम भएको थियो । विशेष अतिथिमा भीमेश्वर नगरपालिकाको उप प्रमुख कमला बस्नेत लगाएतको अतिथि रहेका थिए । सो महायज्ञ वैशाख ६ गतेसम्म हुने आयोजकले जनाएको छ ।
