चरिकोट । भीमेश्वर नगरपालिका ५ नंं.वडाको किराती छापमा भोली (बुधबार) बाट हुने श्रीमद भावगत महायज्ञको तयारी पुरा भएको छ ।
किरातेश्वर महादेवको मन्दिर र धार्मिक पुस्तकालय निर्माणको लागि महायज्ञ कार्यक्रम आयोजना गरिएको हो ।
श्री किरातेश्वर महादेव मन्दिर संरक्षण संस्थाका अध्यक्ष ईश्वर बहादुर थापाले बुधबार विहान त्रीवेणीधाममा पुगेर जल थापेपछि कलश यात्रा सुरु हुने जानकारी दिए ।
उनका अनुसार यसपछि चरिकोटको कोटिहोम परिक्रमा गरेर पुन बुढाभिमसेनको मन्दिरमा बाजा गाजासहित महायज्ञस्थल पुग्ने छ ।
यसपछि बागमती प्रदेश सभाका सांसद भरत बहादुर केसीले महायज्ञको उद्घाटन गर्ने कार्यतालिका छ । चैत्र २८ गतेबाट हुने महायज्ञ २०८१ सालको वैशाख ६ गतेसम्म सञ्चालन हुने अध्यक्ष ईश्वर थापाले जानकारी दिए ।
महायज्ञमा पण्डित सुजन सुवदी ले कथावाचन गर्ने आयोजकले जनाएको छ ।