चरिकोट । भीमश्वर नगरपालिकाले गाईभैंसीमा फैलिने लम्पी स्किन रोग नियन्त्रण लिन पशु स्वास्थकर्मीहरुलाई खोपसहित किसानको गोठगोठमा खटाइएको छ ।
नगरपालिकाभित्र यो वर्ष पनि लम्पी स्किनले महामारीको रूप लिन सक्ने भन्दै किसानको गोठसम्म पुगेर निःशुल्क भ्याक्सिन लगाउने काम गरिरहेको पशु सेवा शाखाले जनाएको छ । चैत ५ गतेदेखि सुरु भएको अभियान ९ वटै वडामा सञ्चालन भइरहेको नायब पुश सेवा प्राविधिक शंकर पाठकले जानकारी दिए । उनका अनुसार यो सिजनका लागि ३५ सय डोज लम्पी स्किन विरुद्धको खोप टेन्डर मार्फत खरिद गरिएको हो ।
इ टेन्डर मार्फत ५ लाख २५ हजारको ठेक्कामा ओलि भेट सेन्टरले ४ लाख ७ हजार ३ सय ६५ मा ठेक्का पाएको थियो ।
एक हजार पाँच सय पशुलाई लम्पी स्किन विरुद्धको खोप लगाई सकिएको नगरपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
