१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

सोक्लाभ्याली रक क्लाइम्विङका विजेताहरुलाई ४० हजार पुरस्कार


१९ चैत्र २०८०, सोमबार  

0
Shares

चरिकोट । भीमेश्वर नगरपालिका २ नं. वडाको सोक्लामा आयोजित सोक्ला भ्याली रक क्लाइम्विङ प्रतियोगिका विजेताहरुलाई नगद ४० हजारसहित प्रमाण पत्र वितरण गरिएको छ ।

सोक्लाश्वर पर्यटन विकास समाजको आयोजना र भीमेश्वर नगरपालिकाको आर्थिक सहयोगमा चैत्र ९ र १० गते आयोजना गरिएको रक क्लाइम्विङ प्रतियोगिता प्रथम सिर्जना श्रेष्ठलाई २०,०००(विस हजार), दितिय सक्सेन लामालाई, १५,००० र तृतिय रोसन रसाईलिलाई ५ हजार नगदसहित प्रमाण पत्र वितरण गरिएको थियो ।

उक्त रक क्लाइम्विङ प्रतियोगितामा करिव एक सय क्लाइम्वरहरुले सहभागीता जनाएको थियो । स्काउटको टिम, विद्यार्थी, युवा पुस्ताको बाक्लो सहभागीता रहेको पर्यटन विकास समाजले जनाएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ३ : ३२ बजे