१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

महिलाहरुका लागि सिपमूलक ११ दिने हाते होजियरी तालिम


८ चैत्र २०८०, बिहिबार  

24
Shares

उज्यालो भविष्य संस्था चरीकोटको आयोजना तथा भीमेश्वर नगरपालिकाको सहकार्यमा महिलाहरुका लागि सञ्चालित ११ दिने हाते होजियरी तालिम सम्पन्न भएको छ ।

सदरमुकाम चरीकोटमा सिप सिकौँ आत्मनिर्भर बनौँ भन्ने भूल नाराका साथ महिलाहरुलाई सिप प्रदान गरी आयआर्जनमा तल्लीन गराउन यो तालिम सञ्चालन गएिको संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिनुभयो ।

सम्पन्न समारोह कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै भन्नुभयो, आफूले सिकेका सिपलाई परिमार्जन गरेर सिपलाई निखारता गर्दै अघि बढ्नु होस् । निर्मित सामग्रीहरूलाई बजारीकरण गर्नको निमित्त नगरमा सञ्चालित कोसेली घरसँग समेत सहकार्य गरेर त्यहाँ राख्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गर्दछु ।

सो अवसरमा नगरउपप्रमुख कमला बस्नेतले तालिमलाई बालुवामा पानी हालेको जस्तो हुन नदिन आग्रह गर्दै तालिम अबधिभर सिकेको सिपलाई व्यावसायिक सिपमा परिणत गर्दै सिपलाई आयस्रोत बनाउनु पर्नेमा जोड दिनुभयो ।

आफ्नै घरमा बसेर जुनसुकै समयमा विभिन्न सममान बनाउन मिल्ने भएकाले आफूले बुनेका सामग्रीले बजार नपाएको खण्डमा बजारम्म पु–याउन नगरले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

तालिममा विभिन्न किसिमका स्वेटर, टोपी, मोजा, मफलर,स्याप, पर्सलगायतका ऊनबाट निर्मित सामान तयार पार्न सिकाइएको छ । नगरका नौ वटै वडाबाट सहभागी भएका छन् । जनजाति, दलितलाई बढी प्रोत्साहन दिइएको छ । तालिममा २५ जना सहभागी रहेका छन् ।

घरधन्दापछि बचेको समयमा घरमै बसेर हातको सिप प्रयोग गरी ऊनबाट विभिन्न खाले सामान निर्माण गर्न सकिनेछ । यसरी आयअर्जन गरी पुरुष सरह हातमा हात काँधमा काँध मिलाएर घर चलाउन सक्ने तालिमको अपेक्षा रहेको छ । तालिम अबधिभर आफ्नो निख्खर सिप देखाउने मार्साङ शाह, दुर्गा श्रेष्ठ, सीता बिक र विला श्रेष्ठलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।

तालिम अबधिभर तयार भएका ऊनका विभिन्न साम्रीहरु प्रदर्शनीमा पनि राखिनेछ । प्रचारप्रसारका लागि संस्थाका विभिन्न कार्यक्रममा अतिथिहरुलाई प्रदान गरिने पनि उहाँले बताउनु भयो ।

तालिमकी प्रशिक्षक मैयाँ श्रेष्ठले तालिमीहरुले बढो रुचिका साथ सिप सिकेका र निख्खरबन्न हरप्रयास गरेका बताउनु भयो ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १ : ४८ बजे