बाबुराम शर्मा
कादुरी एग्रिकल्चरल एड एसोसियसन ब्रिटिस गोर्खाज् नेपाल नामको गैरसरकारी संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा दोलखाको बिगु र गौरीशङकर गाउँपालिकामा करिब चार करोड लगानीमा तीन वटा झोलुङगे पुल र ७५ लाखभन्दा बीको लगानीमा दुई वटा खानेपानी योजना निर्माण भएका छन् ।
सो संस्थाले एक करोड २६ लाख रुपियाँमा बिगु गाउपालिका–१ र गौरिशङकर गाउपालिका–९ जोड्ने गोँगर स्थित तामाकोशी नदीमा निर्माण गरिदिएको १०५ मिटर लामो झोलुङगे पुलबाट करिब पाँच सय घर परिवार लाभान्वित भएका छन् भने विद्यालय र स्वास्थ्य चौकी जानआउन एक घण्टाको बाटो छोटिएको छ । अब विद्यालय ,स्वास्थ चौकी जानआउन सहज भएको वडाध्यक्ष मेमबहादुर तमाङले जानकारी दिनुभयो ।
त्यसै गरी संस्थाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको मुख्य सुरूङ मार्ग नजिकैको गोँगर खोलामा ७२ मिटर लम्बाइको झोलुङ्गे पुल ८० लाखको लागतमा र गौरीशङकरको नाजिमटार–खारे जोड्ने ११२ मिटर लामो झोलुङगे पुल एक करोड १६ लाख लगानीमा निमार्ण गरिदिएको छ ।
वडा नम्बर १ स्यालुमा संस्थाको ७५ लाख आठ हजार २५९ र उपभोक्ता जनश्रमदान छ लाख ५८ हजार गरी कुल ८१ लाख ६६ हजार २५९ रुपियाँ लगानीमा व्यक्तिगत घारा ७८ र सामुदायिक तीन ( लाभान्वित ३५३ ) इन्टेक एक , कलेक्सन च्याम्बर एक, डिस्टी्रब्युसन च्याम्बर तीन,रिजर्भायर च्याम्बर तीन, मिटर जडित धारा ८१, पाइप लाइन ४.६७० मिटरलगायतका संरचनाहरु रहेका छन् ।
गौरीशङकर–८ भुमेथान र हुर्पुङमा ८० लाख लगानी मा ६१ वटा खानेपानीका धारा अर्को वर्ष निर्माण हुने संस्थाका पुल विभाग प्रमुख सुन्दरकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिगु र गौरिशङकर गाउँपालिकामा थप दुई वटा झोलुङगे पुल र दुई वटा खानेपानी आयोजना निर्माण गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
संस्थाले विगत ५५ वर्ष अघिदेखि देशका विभिन्न जिल्लामा पुल ,खानेपानी ,लघु जलविद्युत् आयोजनाका साथै कृषि तथा स्वास्थमा समेत लगानीमा गर्दै आएको बताइन्छ ।
बिगु गाउपालिका–१ र गौरिशङकर गाउपालिका–९ जोड्ने गोँगर स्थित तामाकोशी नदीमा निर्माण गरिदिएको १०५ मिटर लामो झोलुङगे पुल ।
८ चैत्र २०८०, बिहिबार
4
Shares