१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

रेडक्रसको वार्षिक साधारण सभाबाट पत्रकारहरु सम्मानित


२१ फाल्गुन २०८०, सोमबार  

30
Shares

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको ४२ औँ वार्षिक साधारण सभाबाट पत्रकारहरु सहित ७४ जना सम्मानित भएका छन् ।

पत्रकारहरु बाबुराम शर्मा, सिर्जन घिमिरे, सिर्जना खडका, तारादेवी बस्नेतलगायत आठ जना पत्रकारहरु तथा कार्यालय, संघसंस्थालगायत ६६ गरी कुल ७४ लाई सम्मानित गरिएको हो ।

जिल्ला शाखाका सभापति ईश्वरीप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका मन्त्री भरत नारायण प्रधानले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भीमबहादुर केसीले ४३ लाख ६२ हजार ६६२ आय र ४२ लाख ५५ हजार ४०३ व्ययको आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

साधारण सभाको उद्घाटन बागमती प्रदेशसभा सदस्य भरतबहादुर केसीले गर्नुभएको थियो । साधारणसभामा विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ०२ बजे