बाबुराम शर्मा
चरिकोट । साविक तामाकोसी झुले घर भई हाल भीमेश्वर नगरपालिका–३ की ९० वर्षीया लालकुमारी काकीर्ले चकटी बुन्ने तालिममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
बुढेसकालमै भए पनि माइतमा आमाबाट सिकेको सिपलाई पुनर्ताजगी गरी व्यावसाियक बन्ने प्रेरण जागेकोमा पनि खुसी भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, आमाबाट सिकेको सिपले गाउँमा चकटी र गुन्द्री धेरै बुनेँ । बजारमा बिक्छ र दुई चार पैसा आम्दानी हुन्छ भन्नेसम्म पनि चाल पाइएन । बुढेसकालमै भए पनि घरमै बसेर फुर्सदको समयमा चकटी बनेर आयर्आन गर्ने आँट पलाएको छ । घरमा चियापानका लागि हुने रहेछ । तालिम पाउन ढिला भएकोमा भने केही चिन्ता लागेको छ ।
सदरमुकाम चरीकोटमा अपाङग तथा दृष्टिीविहीन समुदाय सेवा संघ चरीकोटले यहाँका अपाङगता भएका समुदायको आयआर्जनका लागि एक हप्ते चकटी बुनाइ तालिमका सहभागीहरु एक हप्ताको तालिम थोरै भएको बताएका छन् । तालिमी नीलप्रसाद गौतमले भन्नुभयो, फेरि पुनर्ताजगी तालिम पाए राम्रा डिजाइनका चकटी बनेर व्यावसाियक बन्ने इच्छा जागेको छ । इच्छा पूरा भए पक्कै आयआर्जन हुनेमा विश्वस्त छु ।
भीमेश्वर नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोगमा अपाङगता भएका व्यक्तिहरुलाई सिप प्रदान गरी आयआर्जनमा तल्लीन गराउन यो तालिमको आयोजना गरिएको संघका अध्यक्ष रामकृष्ण तमाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानीय स्रोत साधनको प्रयोग गरौँ, परम्परागतको सिपलाई अभिवृद्धि गरौँ, फुर्सदको समयको सदुपयोग गरौँ, थोरै भए पनि आफूलाई आयआर्जनमा जोडौँ मुख्य नाराकासाथ तालिम सञ्चालनमा ल्याइएको हो । तालिममा शारीरिक अपाङग दुई, बहिरा दुई, न्यून दृष्टि भएका एक र १० जना ज्येष्ठ नागरिक रहेका छन् । उपयुक्त स्थान अभावले बाहिर तालिम सञ्चालन गर्नु परेको छ । तालिमीलाई यातायात खर्च दुई सय र खाना खाजाको व्यवस्था मिलाइएको छ ।
तालिममा सिकेको सिपलाई निरन्तर प्रयोगमा ल्याउन र आयआर्जनमा तल्लीन गराउन प्रोत्साहन स्वरुप उनीहरुले बनेका मकैका खोस्टाको चकटीको बजारको सुनिश्चित संघले गरिदिन लागेको पनि उहाँले जानकारी दिनुभयो ।