११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

उप मेयर बस्नेत र उपाध्यक्ष आचार्यलाई तन्नेरी चासोको पश्न ?


१९ फाल्गुन २०८०, शनिबार  

356
Shares

चरिकोट । तन्नेरी चासोले भीमेश्वर नगरपालिकाको उप प्रमुख कमला बस्नेत र मेलुङ गाउँपालिकाको उपाध्यक्ष गायत्री आचार्यसँग स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटको विषयमा छलफल गरेको छ ।

शनिबार भएको कार्यक्रममा स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा युवालाई प्राथमिकता दिएको छ भन्ने शीर्षकमा डिबेट कार्यक्रम भएको थियो ।

कार्यक्रममा पक्षका तर्फबाट अङ्कित थामी र बन्दिका मुग्रातीले आफ्नो धारणा राखेका थिए ।

यस्तै विपक्षको तर्फबाट विमल खड्का र सुधा श्रेष्ठले आफ्नो धारणा राखेको तन्नेरी चासोको डिवेट संयोजक गणेश बुढाथोकीले जानकारी दिए ।

सहभागी युवा साथीहरूले स्थानीय तहले गरेका काम, गर्नुपर्ने काम र स्थानीय सरकारले युवाको आवश्यकतालाई कसरी सम्बोधन गरिरहेको छ भन्ने विषयमा पउप प्रमुख र उपाध्यक्षसँग प्रश्न गराखेका थिए ।

कार्यक्रममा २७ जना युवाहरू सहभागी रहेको तन्नेरी चासोले जनाएको छ । डिबेटरहरुको बहस र सहभागीहरूको प्रश्नसँगै जिज्ञासा सुनेपछि कार्यक्रमका प्रमुख अतिथि कमला बस्नेत र विशेष अथिति गायात्री आचार्यले आफ्नो पालिकाले गरिरहेका काम र आगामी दिनहरूमा गर्ने कामहरूको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रमको संयोजन दावा तामाङले गरेका थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ३ : २८ बजे