चरिकोट । नेकपा एमाले दोलखाको अध्यक्षमा नर बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।
उनका प्रत्यासी ईश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पछाडि पार्दै श्रेष्ठ दोस्रो कार्यकालका लागि अध्यक्षमा पुनः निर्वाचित भएका हुन् ।
नव निर्वाचित अध्यक्ष श्रेष्ठले ६१६ मत मध्ये ३३३ मत प्राप्त गरेका छन् । यस्तै पोखरेलले २३८ मत र दुलालले ३८ मतप्राप्त गरेका छन् ।
यस्तै नर श्रेष्ठकै प्यानलबाट उपाध्यक्षमा राजेन्द्र मान्नधर निर्वाचित भएका छन् । उनले ६१६ मतमा ३३६ मत प्राप्त गरेको निर्वाचिन समितिले जनाएको छ । उनका प्रत्यासी हिरा थोकरले २६३ मत प्राप्त गरेका थिए ।
यस्तै सचिवमा सोयम बहादुर खड्का ३०४ र बस्नेतले २८४ मत पाएका थिए । । उनले पोखरेलको प्यानलबाट उठेका कृष्ण बस्नेतलाई २० मतान्तरले हराएका हुन् । हरि ओलीले १६१ मत ल्याएर पुरुष खुल्ला उप सचिवमा निर्वाचित भएका छन् ।
उनका प्रत्यासीहरु ईश्वर न्यौपानलेले ११४, टपिन्द्र खड्काले ७२, विदुर शर्माले १४५, धनबहादुर तामाङले ६४ मत प्राप्त गरेका थिए ।
उप सचिव महिला खुल्ला तर्फ कमला बस्नेत निर्वाचित भएकी छिन् । उनी पनि श्रेष्ठकै प्यानल हुन् । स्नेतले ६१६ मा २७७ मत प्राप्त गरेकी छिन् ।
उनका प्रतिस्पर्धी मेनुका सुवेदीले १९५ मत प्राप्त गरिन । यस्तै गोमा केसीले ७१, सीता केसीले ३४ मत प्राप्त गरेका थिए ।