११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

लोकप्रिय वडा अध्यक्ष बासु श्रेष्ठद्धारा जिल्ला कमिटि सदस्यमा उम्मेदवारी


२४ माघ २०८०, बुधबार  

64
Shares

चरिकोट । भीमेश्वर नगरपालिका ५ नम्बर वडाका अध्यक्ष बासु श्रेष्ठले नेकपा एमाले दोलखाको जिल्ला कमिटिको (खुल्ला) सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेको १०औं जिल्ला अधिवेशनमा वडा अध्यक्ष तथा पुर्व जिल्ला कमिटि सदस्य समेत रहेका श्रेष्ठले यस पटक पनि सदस्यमा उम्मेदवारी दर्ता गरेका हुन् ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भीनपा ५ को वडा अध्यक्षमा निर्वाचित श्रेष्ठले स्थानीय तहमा लोकप्रिय कामहरु गर्दै आइरहेका छन् ।

आफुले पाउने पारिश्रमिक समेत सोसल फन्ड बनाएर विभिन्न सामाजिक कार्य गर्दै आएका वडा अध्यक्ष श्रेष्ठले वडाको पूर्वाधार विकासमा पनि विभिन्न योजनाहरु सञ्चालन गर्दै आइरहेको छ ।

उनले जेष्ठ नागरिकहरुलाई काठमाडौंमा मुलुककै विशिष्ट व्यक्तित्वहरुसँग साक्षात्कार गर्दै राष्ट्रपति, पुर्व प्रधानमन्त्रीहरुसँग समेत भेटघाट गराएका थिए । यस्तै, यसै वर्ष पनि विद्यार्थीहरुलाई डा. भगवान कोइरालादेखि आविष्कारक महाविर पुनसम्मलाई भेटघाट गराएर भीनपा ५ का विद्यार्थीहरुलाई आत्मबल बढाएका थिए ।

यस्तै, अरनिको राजमार्ग अन्तर्गत चरिकोट तामाकोसी सडक खण्डको दुई ठाउँमा स्मार्ट प्रतिक्षालय निर्माण कार्यलाई अघि बढाएको छ । भीनपा ५ को पिपलबोटमा ढुंगाको प्रतिक्षालय जहाँ फ्रि वाईफाई, खानेपानी, शौचालय हुनेछ । किराँतीछापमा पनि सो प्रतिक्षालय निर्माण भइरहेको छ ।

भीमेश्वर नगरपालिका वडा नम्बर ५ मा महिलाहरुलाई पञ्चै बाजा तालिम दिएर बाजा खरिद गर्दै महिलाहरुलाई व्यवसायीक समेत बनाएर श्रेष्ठले अर्को नमुना काम गरेका छन् । यस्तै, जिल्लाको मावि स्तरिय फुटबल आफ्नै वडाको बुढाभिमसेन खेलमैदानमा भव्यताको साथ सम्पन्न गरेका थिए । जिल्ला माविस्तरको सर्वाधिक धनरासिको पहिलो फुटबल रहेको थियो । यस खेलले बुढाभिमसेन खेलमैदानलाई समेत सञ्चारमाध्यममा ल्याएका थिए ।

भीनपा ५ को वडा कार्यालय भवन निर्माण गर्ने प्रक्रियामा समेत वडा अध्यक्ष श्रेष्ठ सफल हुने क्रममा छन् । अध्यक्षमा निर्वाचित भएको दोस्रो वर्षमा वडा भवन निर्माणका लागि १ करोड ५६ लाख बजेट छुट्याएर टेण्डर गर्न सफल भएका छन् ।
भवन निर्माण स्थलको समेत सर्वसम्मतले टुंगो लगाएर शिलान्यास गरिसकेको छ । उनले आगामि आर्थिक वर्षको पहिलो महिनादेखि उक्त भवनबाट प्रशासनिक कार्य गर्ने लक्ष्य लिएको छ ।

भीमेश्वर नगरपालिकाको आर्थिक विकास समितिको संयोजक समेत रहेका श्रेष्ठले दोलखा एमालेलाई विभिन्न ढंगले अगाडि बढाउने सन्देशमुलक कार्य गरिरहेको छ ।

यस्तै, दोलखामा साहसिक खेल पर्यटनलाई प्रवद्र्धन गर्ने उदेश्यका साथ यसियाकै लामो झोलुङगे पुल निर्माण गर्ने वडा अध्यक्ष श्रेष्ठको योजना छ । सो पुलबाट बञ्जीजम्प, साइक्लिङसमेत गर्न सकिने छ । यस्ले दोलखाको पर्यटन उद्योगलाई नयाँ ढंगबाट प्रस्तुत गर्ने अध्यक्ष श्रेष्ठको कार्य प्रशंसनिय छ ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ३ : २३ बजे