१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

नीर बहादुर तामाङले जनजातिबाट उम्मेदवारी दर्ता


२३ माघ २०८०, मंगलबार  

108
Shares

चरिकोट । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाका वरिष्ठ उपाध्यक्ष नीर बहादुर तामाङले जनजाति कोटाबाट एमाले दोलखाको सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले दोलखाको १०औं जिल्ला अधिवेशमा मनोनयन दर्ता गर्दै दोलखाको १२ आदिवासी जनजातिको साझा सवाल, मुदासँगै राजनीतिक दलमा जनजातिको एजेन्डा स्थापनाको लागि उम्मेदवारी दर्ता गरिएको बताए ।

नेकपा एमाले भीमेश्वर नगरको राजनीतिमा प्रभावकारी व्यक्तित्वको रुपमा परिचत तामाङले यसपटक जिल्ला कमिटिमा उम्मेदवारी दर्ता गरेका हुन् ।

दोलखाको ९ वटै पालिकाबाट आएका प्रतिनिधिहरुले अत्यधिक मत दिएर विजय गराउने तामाङको बताए । भीमेश्वर नगर कमिटिले समेत उनलाई जनजाति कोटाबाट निर्वाचत गराउन एक्लो उम्मेदवार पठाएका हुन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ३८ बजे