११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

एमाले दोलखाको उपाध्यक्षमा राजेन्द्र मान्नधरको उम्मेदवारी


२२ माघ २०८०, सोमबार  

1.1k
Shares

दोलखा । नेकपा एमाले दोलखाको उपाध्यक्षमा राजेन्द्र मान्नधरले उम्मेदवारी घोषणा गर्नु भएको छ ।

दोलखा एमालेको १०औं जिल्ला अधिवेशन आयोजक कमिटिको अन्तिम तयारी बैठकमा उपाध्यक्ष पदका लागि मान्नधरले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

जिल्ला अधिवेशनका सह-संयोजक समेत रहका मान्नधर ९औं जिल्ला अधिवेशबाट उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

पत्रकारिता हुँदै राजनीति क्षेत्रमा लोकप्रिय व्यक्तित्वको रुपमा पहिचान स्थापित गर्न सफल मान्नधरले यस पटक पनि उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नु भएको हो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ५ : १९ बजे