१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

एमालेको जिल्ला कमिटि सदस्यमा निर बहादुरको उम्मेदवारी


२० माघ २०८०, शनिबार  

202
Shares

चरिकोट । नेकपा एमाले दोलखाको जिल्ला कमिटि सदस्यमा निर बहादुर तामाङले उम्मेदवारी दिने भएका छन् ।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाको वरिष्ठ उपाध्यक्ष समेत रहेका तामाङले १०औं जिल्ला अधिवेशमा कार्यसमिति सदस्यमा उम्मेदवारी दिने भएका हुन् ।

भीनपा २, सोक्लाका स्थानीय तथा नेकपा एमाले नगर कमिटिको विभिन्न जिम्मेवारी सम्मालेका तामाङले यस पटक जिल्ला कमिटिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

तामाङ २०५५ सालदेखि नेकपा एमालेको संगठित सदस्यहुँदै टोल कमिटि, वडा कमिटि, वडा कमिटिको अध्यक्ष, नगर कमिटि, वडा ईन्चार्ज, नगर कमिटिको सचिवालय हुँदै १० औं जिल्ला आयोजक कमिटिका सदस्य समेत हुन् ।

भीनपा २ मा प्रभावशाली नेताको रुपमा छवि बनाएका तामाङ पुर्व वडा सदस्य समेत हुन् । उनले भीमेश्वर नगरको भुगोलबाट उम्मेदवारी दिने गौरीशंकर न्यूजलाई जानकारी दिए ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ३ : ०२ बजे