१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

तीन दशकअघि हराएका दुई भैरव मास्क नेपाल ल्याइयो


१२ माघ २०८०, शुक्रबार  

14
Shares

बाबुराम शर्मा

दोलखाको भीमेश्वर नगरपालिका–२ ऐतिहासिक सहर दोलखाबाट तीन दशकअघि हराएका ( प्रधान परिवार हाँथ्यो ) दुई भैरव मास्क नेपाल ल्याइएको छ ।

ती भैरव मास्क गत २०५० साल पागुन २२ गते र २०५१ साल फागुन २४ गते हराएका ती भैरव मास्क ४ डिसेम्बर २०२३ मा नेपाल ल्याइएको कालिञ्चोक युवा क्लब दोलखाका अध्यक्ष अनीलचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार हराएर विभिन्न ठाउँ हुँदै यी मास्क अमेरिकाको रुविन र डल्लास म्युजियमबाट नेपाल फिर्ता ल्याइएको हो । लस्ट आर्ट अफ नेपालले मसँग रहेका मास्कका आधारमा यी मास्क पत्ता लगाएको हो । पत्ता लागेपछि गत २०७९ भदौ महिनाबाट मास्क फिर्ता ल्याउन प्रधान खलकका पुजारी यज्ञकुमार प्रधान र म प्रमाण जुटाउन लागिपरेपछि फिर्ता ल्याउन सम्भव भएको हो ।

गत २०७९ कै भदौ महिनामा नेपाल हेरिटेज रिकभरी क्याम्पेनका सचिव सञ्जय अधिकारीमार्फत पुरा तत्व विभाग र अमेरीकी निकायसँग निरन्तर छलफल तथा पहल गरिएको थियो । प्रक्रियामार्फत पुरातत्व आइपुगेका ती मास्क सम्बन्धित प्रधान परिवारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको लालीगुराँस क्लब दोलखाका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

चोरी गर्नेले दुई भैरवका टाउका मात्र काटेर लगेका थिए । भैरवको घाँटी भने मन्दिरमा त्यसै छाडिएको थियो। दुई मास्कमध्ये एउटाको घाँटीमा त्यसको निर्माण मिति उल्लेख रहेको छ । अभिलेख अनुसार यसको स्थापना १५५० साल हो । यसलाई भगवान घरमा भने १६८९ सालमा स्थापना गरिएको थियो । दुवै भैरवको डिजाइन एकै किसिमको भएकाले एकै समयमा निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ । आकार भने एउटा ठूलो र अर्को अलि सानो रहेको छ ।

प्रधान परिवारकै हराएको करिब तीन दशकपछि गत जेठ २० गते बज्रधर मूर्ति कुलायनमा भि¥याइएको थियो । यहाँको कोर्छे टोलबाट हराएको २८ वर्षपछि भेटिएको सो मूर्ति पूजा तथा वैदिक विधिविधान गरी श्रेष्ठ परिवारको कुलायनमा भि¥याइएको थियो ।
हङकङमा भेटिएको सो मूर्ति छाउनी म्यूजियमबाट बुझी दोलखा ल्याइएको थियो । मूर्तिलाई बाजागाजा सहित बजार परिक्रमा गराएर कोर्छेमी टोलको कुलायनमा भि¥याइएको हो । भि¥याउनु अघि मूर्तिलाई गाईको दुधले नुहाएर श्रीपेच पहिराइएको थियो । यो कोर्छेमी ( राज ) श्रेष्ठ खलकको मूर्ति हो । २०५२ साल भदौ १४ गते यो मूर्ति हराएको थियो ।

स्थानीय डा. सुनील मास्केका अनुसार गत वर्ष यो मूर्ति हङकङस्थित अन्तर्राष्ट्रिय आर्ट डिलर रोप्सी एन्ड रोप्सीसँग रहेको भनी सम्पदा खोजको अभियान लस्ट आर्ट अफ नेपालले सूचना बाहिर ल्याएको हो । यो मूर्ति फर्काउन पहल गर्दै आउनु भएकी प्राडा.एमिलिन स्मिथले यसको उत्पत्तिी पहिचानमा प्रमाणिकता देखाएपछि सङकलक आर्ट डिलर रोप्सी एन्ड रोप्सीले हस्तान्तरण समारोह आयोजना गरी हङकङस्थित नेपाली महावाणिज्य दूतलाई मूर्ति हस्तान्तरण गरिएको थियो ।

नेपाली महावाणिज्य दूतबाट छाउनीको म्युजियममा ल्याइएको थियो । म्युजियमले श्रेष्ठ परिवारलाई बुझाएपछि मूर्ति दोलखा ल्याइएको थियो ।

बज्रधरको ३७”अग्लो यो मूर्ति दोलखाका राजा उजोत देवको पालामा बनाइएको हो । हरेक वर्षको इन्द्र जात्रामा पाँच दिनसम्म पूजाआजा गरी देखाइने गरिन्छ । कुलायनमा राखिएकै अवस्थाबाट मूर्ति चोरीएको थियो । बाकसमा राखिएको श्रीपेच भने यहीँ रहेको थियो ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ६ : ४९ बजे