११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाको अध्यक्षमा थिर बहादुर


६ माघ २०८०, शनिबार  

248
Shares

चरिकोट । नेकपा एमालको भातृ संगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाको अध्यक्षमा थिर बहादुर तामाङ चयन भएको छ ।

चरिकोटमा भएको दोस्रो जिल्ला अधिवेशनबाट पुनः तामाङ अध्यक्षमा चयन भएको हो ।

महासंघको उपाध्यक्षमा निर बहादुर तामाङ, टहल बहादुर थामी, सचिवमा लुङगु लामा, कोषाध्यक्षमा निमा शेर्पा सर्वसम्मत निर्वाचित भएका छन् । नयाँ नेतृत्वमा २७ जनाको टिम रहेको छ । यस्तै दोलखामा रहेको १२ आदिवासी जनजातिको संयोजक समेत तोकिएको छ ।

नेकपा एमाले, लोकतान्त्रिक आदिवासी जनजाति महासंघका संघिय महासचिव तथा सांसद पेम्बा भोटेले जिल्ला अधिवेशनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसद भरत केसी, एमाले नेतृ रचना खड्का, नेकपा एमालेका नेता ईश्वर पोखरेल, बागमती प्रदेश सदस्य लक्ष्मण गुबाजु, आदिवासी जनजाति महासंघका संघिय उपाध्यक्ष युवराज जिरेल लगाएतले शुभकामना मतव्य राखेका थिए ।

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  १० : २५ बजे