११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

दोलखा एमाले र अबको नेतृत्व


२४ पुस २०८०, मंगलबार  

948
Shares

गणेश बुढाथोकी
नेकपा एमाले दोलखाले यहि माघ १९, २० र २१ गते दशौँ जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । यो अधिवेशन नेतृत्व चयनको अधिवेशन पनि हो । ९ औँ जिल्ला अधिवेशनमा सहमतिमा नेतृत्व चयन नभएपछि निर्वाचन भएको थियो । यो पटक पनि निर्वाचन नहोला भन्न सकिन्न ।

दोलखामा एमालेको संगठन बलियो छ । एमालेका केन्द्रियदेखि स्थानिय नेता तथा कार्यकता दोलखालाई एमालेको गड ठान्दछन् । जसलाई गत वर्ष सम्पन्न भएको संघीय र स्थानिय तहको निर्वाचनले पनि प्रष्ट पार्छ । त्यो निर्वाचनमा गठबन्धनले दोलखामा क्लीन स्वीप गर्न सकेको थिएन ।

एमाले दोलखाको संगठन जति बलियो छ, त्यो भन्दा बढि पाटिलाई लोकतान्त्रिक बनाउने नाममा बनाइयको गुठ, उपगुठ र विभिन्न स्वार्थ समुहहरुको पकड बलियो बन्दै गइरहेको छ । नेताहरुले खडा गरेका यस्ता गुठ र उपगुठहरु जिल्लादेखि पालिका हुँदै वडा र टोलसम्म पुगीसकेको छ । यो प्रवृतिले दोलखा एमालेको यो पटकको अधिवेशन र नेतृत्व चयनमा पनि प्रभाव पार्ने निश्चित छ ।

कुनै समय आफु बलियो बन्ने र आफ्नो स्वार्थ पुरा गर्न बनाइएको अस्थायी गुठ अहिले स्थायी समस्याको रुपमा देखा परेको छ । गुठ, उपगुठ, नाताबाद र विभिन्न स्वार्थ समुहले गर्दा दोलखा एमालेका धेरै इमान्दार र जनताको विचममा बसेर पाटि र संगठन निर्माण गर्ने तथा दोलखाको समृद्धिमा स्पष्ट विचार र भिजन भएका नेता तथा कार्यकताहरु पाटिको नेतृत्वमा नआउने खतरा बढिरहेको छ । यो समस्या दोलखा एमालेमा मात्र नभइ नेपालका राजनितिक दलहरुको राष्ट्रिय समस्या नै बनेको छ । अब प्रश्न उठ्छ त्यसो भए दोलखा एमालेको अवको नेतृत्व कसको हातमा जान्छ ?

त्यो भन्दा पहिला दोलखाबाट पाटिको केन्द्रिय तहमा पहुँच राख्ने नेताहरु पार्वत गुरुङ र आनन्द प्रसाद पोखरेलको इच्छा र आर्शिवाद कसलाई छ । भन्ने विषयले करीव करीब दोलखा एमालेको अध्यक्ष र पधाधिकारीहरुको टुङ्गो लगाउँछ । भागवण्डामा सहमती भए पाटि शिर्ष नेतृत्वले नामावली बनायर अधिवेशनमा घोषणा गर्नेछ । अन्यथा जिल्ला पाटिको नेतृत्व सहित हरेक पदमा चुनाव हुनेछ । तर त्यो चुनाव प्रत्यक्ष या अप्रत्यक्ष रुपमा पार्वत भर्सेस आनन्द हुनेछ ।

माघ ९ देखि १३ गतेसम्म प्रतिनिधि छनोट गर्ने तालिका रहेको छ । दोलखा एमालेमा उक्क्त समयमा अझ बढि राजनितिक सरगर्मि बढ्ने छ । प्रतिनिधि छनोट भएर आउने नेताहरुको हातमा नै अवको नेतृत्व कसलाई बनाउने भन्ने जिम्मेवरी र अवसर हुनेछ । त्यसैले पनि प्रतिनिधि छनोटमा गाउँ गाउँमा राजनीतिक सरगर्मि बढ्ने निश्चित छ ।

पाटिमा भागवण्डा र गुटको राजनीति कदापि राम्रो संकेत होइन । भागवण्डा र गुटले पाटिमा राम्रा भन्दा हाम्राको वर्चस्व हुने खतरा छ । दिर्घकालिन रुपमा पाटिको अस्तीत्वमा नै संकट हुन्छ । त्यसैले यो पटकको अधिवेशनमा दोलखा एमालेले गुटभन्दामाथि उठेर लोकतान्त्रिक विधि र पक्रियालाई अबलम्बन आवश्यक छ ।

दोलखा एमालेमा जिल्लाको नेतृत्व गर्ने एक सय एक योग्य नेताहरु छन् । तर यो पटक पनि जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष नरबहादुर श्रेष्ठ, शैलुङ गाउँपालिकाका पुर्व अध्यक्ष एवम नेकपा एमालेका नेता भरत प्रसाद दुलाल र तामाकोशि गाउँपालिकाका पुर्व अध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटिको पुर्व अध्यक्ष इश्वरचन्द्र पोखरेलको नाम एमाले वृतमा चर्चामा छ । यदि यो चर्चा यथार्थतामा परिणत भए जिल्लाको नेतृत्वमा यी तिन मध्य एकले बाजि मार्ने छन् ।

माथि उल्लेख गरिएका नामहरु एमाले वृतमा चिरपरिचित नाम हो । उनिहरु मध्य इश्वरचन्द्र पोखरेल र नरबहादुर श्रेष्ठले अध्यक्ष भएर जिल्ला पाटिको नेतृत्व गरिसकेका छन् । भरत दुलालले जिल्ला सचिवको भुमिकामा रहेर जिल्ला पाटिमा काम गरेका छन् । अझ रमाइलो पक्ष के छ भने यी तीनै जना नेताहरु पहिलो स्थानिय तहका निर्वाचित पालिका अध्यक्ष पनि हुन् ।

त्यसैले उनिहरुको काम गर्ने शैलि, सोच्ने तरिका, गरेका काम, नेतृत्व गर्ने शैलि, लगायत हरेक विषयमा एमाले नेता तथा कार्यकर्ता र दोलखाली नागरिक जानकार छन् । त्यसैले पनि कार्यकतामा एमाले दोलखाको नेतृत्वमा नयाँ तथा जिल्ला पाटिलाई हाक्न सक्ने सम्भावना भएका नेताको पनि खोजि भइरहेको छ । उक्त नेताको रुपमा वर्तमान जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धरलाई पनि अध्यक्षको दावेदारको रुपमा एमाले दोलखाका नेता तथा कार्यकताले हेरेका छन् ।

गत अधिवेशनमा तत्कालिन अध्यक्ष नरबहादुर श्रेष्ठ र भरतप्रसाद दुलालको प्रतिष्पर्धा भएको थियो । उक्त प्रतिस्पर्धामा नरबहादुर श्रेष्ठ निर्वाचित भएका थिय । यो पटक पनि उनै दुई जनामा निर्वाचन हुने सम्भावना वलियो छ । दुईकार्यकाल अध्यक्षको भुमिका पुरा गरिसकेका नेता इश्वरचन्द्र पोखरेलको अध्यक्ष बन्ने इच्छाले भने एमाले वृतमा हलचल ल्याएको छ ।
अबको बहस दोलखा एमालेको नेतृत्व कसले गर्छ भन्दा पनि नेतृत्व गर्नेले के काम गरे र अवको नेतृत्व गर्छु भन्नेले के काम गर्छन भन्ने विषयमा बहस हुन जरुरी छ ।

हिजो नेतृत्वमा बसेर काम गरेका नेताहरुले के काम गरे ? जिल्लाको पाटि निर्माण र नागरिकको सार्वजनिक समस्या समधान गर्न के कस्तो भुमिका खेलेका थिए भन्ने विषयमा एमाले प्रतिनिधिहरुले सोच्नुपर्छ । के एमाले दोलखामा नयाँ नेताको सम्भावना छैन ? यो प्रश्नमा प्रतिनिधिहरुले गम्भिर बहस गनुपर्छ । नेतृत्व गरिसकेका नेताहरुले पुन नेतृत्व किन गर्ने भन्ने विषयमा एमालेका नेता तथा कार्यकतालाई चित्तबुज्दो उत्तर दिनसक्नु पर्छ ।

प्रतिनिधिहरुले यो पटकको अधिवेशनमा पक्ष र विपक्ष भन्दा पनि समग्र दोलखा एमालेको भविष्यलाई मध्यनजर गर्दै एकताको अधिवेशन बनाउन पहल गनुपर्छ । यो पटकको अधिवेशनमा दोलखा एमालेले लोकतान्त्रिक विधि र पक्रियालाई अबलम्बन गरेर दोलखााका अन्य राजनितिक दल र तीनिहरुका नेता कार्यकतालाई पनि राजनितिक संस्कार र नैतिकताको पाठ सिकाउने अवसरको रुपमा अधिवेशनलाई उपयोग गर्नुपर्दछ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  २ : ४९ बजे