१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

पुर्व वडा सदस्य निर बहादुरले भेटिएको ५२ हजार विजुक्छेलाई फिर्ता


२३ पुस २०८०, सोमबार  

570
Shares

दोलखा । भीनपा २ का पुर्व वडा सदस्य तथा सोक्ला निवासी निर बहादुर पाख्रिनले गुमडाँडामा भेटिएको ५२ हजार रुपैंयासहित महत्पूर्ण कागजत सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको छ । भक्तपुर निवासी तथा इन्जिनियर सुरेन्द्र मान विजुक्छेलाई दोलखा फिर्ता गरेको हो ।

विजुक्छे गुमडाँडाबाट सोक्ला भ्याली क्षेत्र अवलोकन गर्न गएको थियो । सोमबार सोक्ला निवासी तामाङले गुमडाँडामा एउटा कालो झोला, झोलाभित्र नगद ५२ हजार रुपैँया, महत्पूर्ण कागजत, बैंकको चेक, एटिम भेटिएको थियो ।

उनले भेटिएको उक्त झोलालाई प्रहरी, वडा अध्यक्ष स्टालिन श्रेष्ठसहितको उपस्थितिमा भक्तपुर निवासी विजुक्छेलाई हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  १ : ५४ बजे