१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

दौड प्रतियोगितामा विष्णु र सलिना प्रथम


२८ मंसिर २०८०, बिहिबार  

124
Shares

चरिकोट । जिल्लामै धावक उत्पादन गर्ने हेतुले सदरमुकाम चरीकोट स्थितको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिले आयोजना गरेको लामो दुरीको दौडप्रतियोगिता सम्पन्न भएको छ ।

सम्पन्न दुई किलोमिटर दौडमा केटातर्फ विष्णु थामी ( भीम मावि ) प्रथम, आसिस राउत ( अल्पाइन पब्लिक ) द्धितीय, साङगे तमाङ ( हिमालयन क्राउन एकेडेमी ) तृतीय, र रुपेश तमाङ ( कालिञ्चोक मावि ) सान्त्वना भएका छन् ।

त्यसै गरी १६ सय मिटर दौडमा केटीतर्फ सलिना श्रेष्ठ ( सर्ब मावि ) प्रथम, सुस्मिता थामी (क्षमावती मावि ) द्धितीय, पूजा तमाङ ( कुटीडाँडा मावि ) तृतीय र रितु तमाङ ( सुर्के मावि ) सान्त्वना भएका छन् ।

साकोसका अध्यक्ष राजन श्रेष्ठको सभापतित्वमा भएको एक कार्यक्रमबीच विजयीहरुलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ट्रफी, नगद र प्रमाणपत्र वितरण गर्नु भएको थियो ।

प्रथम, द्धितीय, तृतीय र सान्त्वनालाई क्रमशः सात हजार, पाँच हजार, दुई हजार र डेढ हजार नगद प्रदान गरिएको संस्थाका प्रमुख र्काकारी अधिकृत दीपक बस्नेतले जानकारी दिनु भयो ।

जिल्लामै धावक उत्पादन गर्ने हेतुले साकोसले हरेक वर्ष लामो दुरीको दौड प्रतियोगिता गर्दै आएको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  १ : २९ बजे