११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

चरिकोटमा खेलाडीहरुबीच अन्तरक्रिया


२८ मंसिर २०८०, बिहिबार  

74
Shares

चरिकोट । राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक बिजेता खेलाडिहरुबिच चरिकोटमा अन्तरक्रिया कार्यक्रम भएको छ । बिहीबार औपचारिक कार्यक्रको साथ अन्तरक्रिया भएको हो ।

भीमेश्वर नगरपालिकाको हलमा साउथ एसियन महिला पहिलो पदक बिजेता सन्तोषि श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा सम्बोधन गरेकी थिइन ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरि शिबाकोटिको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा खेलाडीहरुको सहभागीता रहेको थियो ।

यस्तै, भिमेश्वर नगरपालिका कामु नारयण प्रसाद सेढाई, सशस्त्र प्रहरी बलका प्रमुख दवारिका के.सि, शिक्षा शाखा, खेलकुद मन्त्रालय उपसचिव बिष्णु प्रसाद भट्टराई लगाएतको सहभागीता रहेको थियो ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयद्वारा कार्यक्रम आयोजना गरिएको थियो ।

प्रकाशित मिति : २८ मंसिर २०८०, बिहिबार  ११ : ०३ बजे