चरिकोट । जिल्ला खेलकुद बिकास समिति दोलखाले एथलेटिक्स सम्बन्धि आधारभुत तालिम सुरु गरेको छ । तालिम बिहिबारबाट सुरु भएको हो ।
तालिममा दोलखाका ९ वटा स्थानिय तहका २/२ जना खेल शिक्षक सहभागी भएको समितिका अध्यक्ष रामहरि शिबाकोटिले जानकारी दिए ।
जिल्लामा हुने राष्ट्रपति रनिङ्ग शिल्ड, जिल्ला स्तरिय खेलकुद प्रतियोगितालाई सहज बनाउने उदेश्यले तालिम आयोजना गरिएको अध्यक्ष शिबाकोटिको भनाइ छ ।