१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

पूर्व प्रधानमन्त्रीदेखि ख्याति प्राप्त व्यक्तित्वसँग विद्यार्थीको साक्षात्कार(फोटो फिचर)


७ मंसिर २०८०, बिहिबार  

110
Shares

चरिकोट । भीमेश्वर नगरपालिका वडा नम्बर ५ का कक्षा ९ र १० मा अध्यनरत विद्यार्थीहरुले देशका पूर्व प्रधानमन्त्रीदेखि राष्ट्रिय ख्याति प्राप्त व्यक्तित्वहरुसँग साक्षात्कार गरेका छन् ।

भीनपा ५ का महेन्द्रोदय मावि, बुढाभिमसेन मावि र आँकुरा बोर्डिङका १०२ जना विद्यार्थीले कार्तिक ३ देखि ५ गतेसम्म काठमाडौं भ्रमणको क्रममा ख्यातिप्राप्त व्यक्तित्वसँग साक्षात्कार गरेका हुन् ।

देशकै प्रसिद्ध कलाकारद्धय महजोडि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठलाई कार्तिक ३ गते साक्षात्कार संवाद गरेका हुन् । बुढानिलकण्ठमा महजोडिको स्टुडियोमा विद्यार्थीहरुले साक्षात्कार गरेसँगै महजोडिलाई विभिन्न जिज्ञाशा राखेका थिए ।

महजोडिले विद्यार्थीहरुको जिज्ञासालाई सम्बोधन गर्दै समाजिक सञ्जालमा भन्दा अध्ययन क्षेत्रमा प्रभावकारी प्रस्तुति दिन सुझाव दिएका थिए । देशले चिन्ने र देशलाई चिनाउने काम गर्न विद्यार्थीलाई महजोडिको उत्प्रेरणा थियो ।
विद्यार्थीले महजोडिसँग साक्षात्कार गरेसँगै उनीहरुको फिल्म स्टुडियो समेत भ्रमण गरेका थिए ।

विश्व सम्पदाः बौद्ध स्वयम्भू

विद्यार्थीहरुले पहिलो दिन विश्व सम्पदासूचिमा सुचिकृत महास्तुपा बौद्धको भ्रमण गरेका थिए । उनीहरुले बौद्धको दर्शनसँगै बौद्ध परिक्रमा गरेका थिए ।

यस्तै, स्वयम्भूमा साँझको समय शैक्षिक भ्रमण गरेका थिए । साँझको समय झिलिमिलि काठमाडौं देख्न सकिने स्वयम्भूमा विद्यार्थीहरु पुगेका थिए । विद्यार्थीमा छुटै उत्साह र प्रशन्नता भएको थियो ।

डा. भगवान कोइरालासँग भविष्यका योजना

विद्यार्थीहरुले ४१ वर्षदेखि मुटु रोग विशेषज्ञको प्रसिद्ध कमाएका डा. भगवान कोइरालासँग साक्षात्कार गरेका थिए । विद्यार्थीहरुले चक्रपथको द बर्गर हाउसमा आफ्नो जिज्ञासा समेत डा कोइरालासँग राखेका थिए । डा. कोइरालाले विद्यार्थीलाई भविष्यमा के बन्ने योजना छ भनेर प्रश्न गर्दै सुझाव समेत दिएका थिए ।

आविस्कार महावीर पुनसँग संवाद

राष्ट्रिय आविष्कार केन्द्रका आविष्कारक तथा वैज्ञानिक महावीर पुनसँग विद्यार्थीले कार्तिक ४ गते विहान भेटभाट गरेका थिए । पुनले अमेरिका, अस्ट्रेलिया र बेलायत जानेभन्दा नेपालमा नै केही गर्न सुझाव दिए । रोजगारीभन्दा पनि आफैले केही न केही नयाँ कामको सुरुवात गर्न विद्यार्थीलाई हौसला दिएका थिए ।

आविष्कारक केन्द्रमा साक्षात्कार गरेका महावीरले हरेक विद्यार्थीमा एक विशिष्ट क्षमता भएकाले १५÷१६ वर्षको उमेरदेखिनै उद्यमी तथा वैज्ञानिक हुने ‘माइन्डसेट’ गर्न अनुरोध गरेका थिए । यसपछि विद्यार्थीहरुले उनको आविष्कार केन्द्र अवलोकन गरेका थिए ।

पुर्व प्रधानमन्त्री केपी ओलीसँगको सामिप्यता

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओलीसँग विद्यार्थीहरुले साक्षात्कार गरेका छन् । साक्षात्कारमा विद्यार्थीले विभिन्न जिज्ञासा समेत राखेका थिए । पुर्व प्रधानमन्त्री ओलीले विद्यार्थीहरु देशको जिम्मेवार नागरिक भएकाले गलत र सही, सत्य र असत्यबीचको भ्रम चिर्दै सचेत नागरिक हुन उत्साह दिएका थिए ।

वडा अध्यक्ष बासु श्रेष्ठको सन्देश

भीमेश्वर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बासु श्रेष्ठले आफ्नो वडाको कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीलाई विशिष्ट व्यक्तित्वहरुसँग साक्षात्कार गराएर विद्यार्थीहरुमा नयाँ उर्जा र सन्देश प्रवाह गरेको छ ।

उनले निर्वाचनअघि प्रतिबद्धता गरेका विभिन्न बँुदामध्ये‘मैले वडा अध्यक्षमा जीते भने, मैले पाउने सेवा सुविधा लिन्न । यसबाट सामाजिक कोष बनाएर सामाजिक कार्यमा नै काम गर्छु ।’

उनको यही प्रतिबद्धताले गत वर्ष जेष्ठ नागरिकहरुलाई राष्ट्रपतीदेखि, पुर्व प्रधानमन्त्रीसँग भेटघाट र पशुपति नाथको भ्रमण गर्न सफल भएका थिए। देशकै उदाहरणीय वडा अध्यक्षको रुपमा प्रस्तुत भएका बासु श्रेष्ठ दोलखामा युवा राजनीतिको चाममा स्वच्छ र निस्वार्थ भावका एक पात्र हुन् ।

१०२ जना विद्यार्थीको अविभाकलाई विश्वास दिलाएर तीन दिन यी बालबालिकाको जिम्मेवारी लिनु आफैमा सफल वडा अध्यक्षको अर्को पहिचान हो । यस कामले भीमेश्वर नगरपालिकामा ९ वडाका वडा अध्यक्ष र उप प्रमुख र प्रमुख, अन्य पालिका तथा नगरपालिकाका प्रमुख र जिल्लाका सांसदलाई मात्रै मोहित गराएनन् । देशभरिकै वडा अध्यक्षहरुलाई समेत मोहित बनाउने सन्देश प्रवाह गर्न सफल भएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ४ : ५२ बजे