११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

संगीता पाख्रिनले अक्षय कोषका लागि दिइन एक लाखको चेक


२१ कार्तिक २०८०, मंगलबार  

176
Shares

चरिकोट । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि एक लाखको अक्षय कोष स्थापना गरेकी छिन् ।

भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप समापन समारोहमा पाख्रिनले एक लाखको चेक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रामहरी शिवाकोटीलाई हस्तान्तरण गरेकी हुन् ।

उक्त कप उद्घाटन समारोहमा पाख्रिनले खेलाडीका लागि अक्षय कोष स्थापना गर्ने उद्घोष गरेकी थिइन ।

पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिए पनि ५ दिनपछि एक लाखको चेक भीमेश्वर नगरका मेयर ईश्वर नारायण मान्नधर र खेलकुद विकास समितिका अध्यक्ष शिवाकोटीलाई हस्तान्तरण गरीएको हो । ल

अन्तराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध नभएको अवस्थामा समेत खेल क्षेत्रले नेपाल चिनाउने भएकाले खेलाडीको सम्मानका लागि अक्षय कोष स्थापना गरिएको नेकपा एसकी नेतृ पाख्रिनले बताइन ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : २५ बजे