चरिकोट । जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पिडितलाई दोलखाका स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएको छ । जिल्ला समन्वय समिति दोलखामा भएको पालिका प्रमुखहरुको बैठकले सो निर्णय गरिएको हो ।
भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैत्यश्वर, बिगु, तामाकोशी र गौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैँया भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।
२०८० कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भुकम्प गएको थियो । भुकम्पबाट धनजनको क्षति भएको छ ।