११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

फुलपा आधारभूत विद्यालयलाई एनआरएनए अष्ट्रेलियाको एक लाख सहयोग


२० कार्तिक २०८०, सोमबार  

84
Shares

चरिकोट । फुलपा आधारभूत विद्यालयलाई एनआरएनए अष्ट्रेलियाले एक लाख रुपैँया सहयोग गर्ने भएको छ । भीनपा २ स्थित डिलढुंगामा रहेको फुलपा विद्यालयको भौतिक पूर्वाधार विकासमा सहयोग पु¥याउने उदेश्यले उक्त सहयोग गरिएको हो ।

एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष र उपाध्यक्ष द्वयः नन्द गुरुङ र देब गुरुङ र हालका अध्यक्ष अनिल पोखरेलले उक्त सहयोग गर्न लागिएको हो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री दाहालले सहयोगको लागि “दोलखा समाज अष्ट्रेलिया” सँग आग्रह गरेका थिए ।
एनआरएनए अष्ट्रेलिया पुर्व अध्यक्ष नन्द गुरुङको टिम कार्तिक २५ गते फूलपा विद्यालय आउने कार्यक्रम रहेको विव्यसका अध्यक्ष दाहालको भनाई छ ।

बि.सं. २०३८ सालमा फुलपा प्राथमिक बिद्यालय स्थापना भएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ५ : २७ बजे