११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

भीमेश्वर नगर ५ को वडा भवन एक करोड ५० लाखमा तयार हुने


१० कार्तिक २०८०, शुक्रबार  

216
Shares

चरिकोट । भीमेश्वर नगरपालिका वडा नं. ५ को वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

औपचारिक कार्यक्रमको साथ भिमेश्वर नगरपालिका मेयर ईश्वर नारायण मानन्धर, उप मेयर कमला बस्नेतले १० कोठे वडा भवनको शिलान्यास गरिएको हो ।

एक करोड ५० लाख लागत लाग्ने उक्त भवन चालु आर्थिक वर्षको असार मसान्तसम्म सम्पन्न हुने वडा अध्यक्ष बासु श्रेष्ठको भनाई छ । उनका अनुसार आगामी आर्थिक वर्षको साउनदेखि नयाँ वडा भवनबाट सेवा दिने लक्ष्य रहेको छ ।

‘चालु आर्थिक वर्षमा नगरपालिको ५० लाख बजेट विनियोजन गरिएको छ । थप बजेट व्यवस्थापन गरेर भए पनि वडा भवन सम्पन्न गर्छु,’ वडा अध्यक्ष श्रेष्ठले भने,‘यो वडाकासिको मिसन हो । आगामी आर्थिक वर्षको सुरुवात नयाँ भवनबाट हुन्छ ।’

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ८ : ५५ बजे