११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किए


२६ आश्विन २०८०, शुक्रबार  

10
Shares

युद्धग्रस्त इजरायलबाट २५३ जना नेपाली स्वदेश फर्किएका छन्।

बिहीबार तेल अभिभबाट नेपाली लिएर उडेको जहाज आज बिहान ३ बजे विमानस्थल अवतरण गरेको हो।

विमानस्थलमा युद्धग्रस्त क्षेत्रबाट जोगिएर स्वदेश फर्किएकाहरुको आफन्त हिजैदेखि कुरेर बसेका थिए।

विमानस्थलमा आफन्तसँग भेट्दा धेरैले आशु लुकाउन सकेका थिएनन्। सँगै घर फर्किन पाउँदाको खुशी पनि उनीहरूको अनुहारमा झल्किएको थियो।

प्यालेस्टाइनको हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन बिहीबार नेपाल एअरलाइन्सको जहाज पठाएको थियो।

सोही जहाजबाट उनीहरू दुबई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थल अवतरण गरेका हुन्।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  २ : २५ बजे