२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्दन दीक्षित


२४ आश्विन २०८०, बुधबार  

8
Shares

खोज पत्रकारिता केन्द्रको अध्यक्षमा कुन्दन दीक्षित चयन भएका छन्। केन्द्रको बुधबार सम्पन्न १६औँ साधारणसभाले दीक्षितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका दीक्षित केन्द्रका संस्थापक पनि हुन्। साधारणसभाबाट केन्द्रको उपाध्यक्षमा रम्यता लिम्बू र महासचिवमा रामेश्वर बोहरा चयन भएका छन्।

त्यस्तै, कोषाध्यक्षमा रविन सायमी तथा सदस्यहरूमा कृष्ण ज्ञवाली, विद्या राई र नवीन झा चयन भएका छन्। दुई सदस्य कार्यसमितिले मनोनीत गर्नेछ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १ : ४९ बजे