२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

दोलखाको लामाबगरबाट थप चार केजी सुन बरामद


१५ आश्विन २०८०, सोमबार  

34
Shares

दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार चार केजी सुन बरामद गरेको हो।

गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो।

‘यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान गर्दैछौं।’

चार किलो सुन बरामद भएपनि थप व्यक्तिहरू पक्राउ परेका थिएनन्।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार  २ : ५३ बजे