चरिकोट । नेकपा एमाले निकट अनेरास्ववियु दोलखाको २३औं जिल्ला अधिवेशन असोज ५ र ६ गते हुने भएको छ ।
‘गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति हाम्रो अभियान उन्नत राष्ट्र, समृद्द समाज निर्माणमा अनेरास्ववियुको ध्यान’ भन्ने मुल नाराका साथ अनेरास्ववियु दोलखाको जिल्ला अधिवेशन हुन लागेको हो ।
जिल्ला अधिवेशन उद्घाटन समारोहका लागि केन्द्रीय अध्यक्ष समिक बडाल चरिकोट आउने अनेरास्ववियु दोलखाले जनाएको छ ।
अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत चयन हुने बताइएको छ ।