चरिकोट । नेकपा एमालेका पोलिट्व्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश वस्नेतलाई चरिकोटमा भव्य स्वागत गरिएको छ ।
राष्ट्रिय युवा संघ नेपाल दोलखाको ९औँ जिल्ला अधिवेशन उद्घाटनका लागि बस्नेत दोलखा आउनु भएको हो ।
एमालेका पोलिट्व्युरो सदस्य वस्नेतको प्रमुख आतिथ्यतामा युवा संघको जिल्ला अधिवेशन ए वान पार्टी प्यालेस, चरिघ्याङ चरिकोटमा उद्घाटन सत्र सुरु भएको छ । ९औँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

















