१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

संगिता तामाङले स्थापना गरिन बैतेश्वरमा एक लाखको अक्षयकोष


२० भाद्र २०८०, बुधबार  

72
Shares

चरिकोट । बैतेश्वर गाउँपालिकाकी संगिता तामाङले गरिब तथा जेहेन्दार विद्यार्थीको छात्रवृत्तिको लागी एक लाखको अक्षयकोष स्थापना गरेकी छिन् ।

बैतेश्वर –६ नाम्दुमा रहेकोे बैतेश्वर माध्यमिक विद्यालयकि पुर्व विद्यार्थी तामाङले अक्षयकोष स्थापना गरेकी हुन् ।

वैदेशिक रोजगारीको सिलसिलामा स्पेन बस्दै आएकी तामाङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा बैतेश्वर–६ का वडाअध्यक्ष असोक तामाङलाई उक्त रकम हस्तान्तरण गरेकी हुन्।

तामाङले आगामी दिनमा पनि बैतेश्वर माध्यमिक विद्यालयको लागी सहयोग गर्दै जाने बताएकी छिन् । समाजसेवी तामाङलाई अध्यक्ष असोक तामाङ र विद्यालयका प्रअ अर्जुन दाहालले दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  २ : २७ बजे