१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

त्रिपुरा ग्लोरिसय एकाडमीकी छात्रा प्रितिला गौतम प्रथम


१७ भाद्र २०८०, आइतबार  

14
Shares

         

बाबुराम शर्मा
१६ औँ पुस्तकालय दिवसको अवसरमा गौरीशङकर सामुदायिक पुस्तकालयको समन्वय तथा शिक्षा विकास तथा समन्वय इकाईको आयोजनामा नगरभित्र रहेका माध्यमिक विद्यालय स्तरीय वक्तृत्व कला प्रतियोगितामा त्रिपुरा ग्लोरिसय एकाडेमीकी छात्रा प्रितिला गौतम प्रथम हुनु भएको छ ।

पुस्तौँ पुस्तका लागि पुस्तकालय मूल नाराका साथ आयोजित सो प्रतियोगितामा अल्पाइन पब्लिक स्कुलकी छात्रा अधिश्री थापा द्घितीय, मोडर्न नेपालकी कृस्टिका खडका तृतीय र द राइजिङ स्कुलकी छात्रा दिपासा खडका तृतीय हुनु भएको छ ।

विजयी क्रमशः प्रथम, द्घितीय, तृतीय र सान्त्वनालाई पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद तथा प्रमाणपत्र प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले वितरण गर्नु भयो ।

पुस्तकालय एवम प्रतियोगिताबारे जानकारी दिँदै पुस्तकालय अध्यक्ष कृष्णबहादुर बस्नेतले भन्नु भयो, पुस्तकालय पठन सस्ंकृतिको विकासका लागि मात्र नभएर समयसापेक्ष कला संस्कृति, सिप समेत प्रदान गर्ने थलोको रुपमा विकास गरिने छ । यसले भूकम्प, कोरोनालगायतका विपत्को बेला आवश्यक सहयोगर्दै आएको र गर्दै जानेछ ।

नगरभित्रका १४ वटा माध्यमिक विद्यालय १४ जना विद्र्याी यस प्रतियोगितामा सहभाी रहेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ५ : ०६ बजे