११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा सम्मानित


९ भाद्र २०८०, शनिबार  

224
Shares

चरिकोट । बैतेश्वर गाउँपालिका अध्यक्ष छबि लामा सम्मानित भएका छन् ।

पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापत्ति शेर बहादुर देउवाको हातबाट देवी न्यौपाने स्मृति प्रतिष्ठानले अध्यक्ष लामालाई सम्मान गरिएका हो ।

२०७४ को स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएर पालिकाको काम उत्कृष्ट गरेको ठहर गर्दै न्यौपाने स्मृति प्रतिष्ठानले सम्मान गरेको बताइएको छ ।

साथै २०७९ को दोस्रो स्थानीय तहको निर्वाचनबाट पनि अध्यक्षमा निर्वाचित भएर विकास, निर्माण, वातावरण पर्यावरण, जनतामुखि काम गरेको प्रतिष्ठानले ठहर गरेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  २ : ५१ बजे