१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

हिरासतभित्र यातना दिने एसएसपी कार्कीलाई जिम्मेवारीबाट हटाइयो


४ भाद्र २०८०, सोमबार  

10
Shares

प्रदर्शनकारीहरुलाई पक्राउ पछि हिरासत भित्र चरम यातना दिएका काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी दानबहादुर कार्की जिम्मेवारीबाट हटाइएको छ ।

तामाङ, मगर लगायत आदिबासी जनजातिहरु विरुद्ध विवादास्पद अभिव्यक्ति दिने कानुन व्यवसायी शितल पाण्डेको पक्राउको माग गरि गत साउन १७ गते जिल्ला प्रहरी परिसर टेकुमा भएको शान्तिपुर्ण प्रदर्शनमा अनावश्यक बल प्रयोग गरि तीन दर्जन भन्दा बढी प्रदर्शनकारीहरुलाई पक्राउ गरि हिरासत भित्र चरम यातना दिएपछि एसएसपी कार्की विरुद्ध आदिबासि जनजातिहरु आन्दोलित भएका थिए ।

एसएसपी कार्की र कानुन व्यवसायी पाण्डे विरुद्ध कानुनी कारबाहीको माग गरेर आदिबासी जनजातिहरुले काठमाडौमा हजारौं सङ्ख्यामा शक्तिप्रदर्शन समेत गरेका थिए । टेकु घट्नाको विषयमा आदिबासी जनजातिहरुसंग सम्बद्ध विभिन्न अन्तराष्ट्रिय संघसंस्थाहरुले समेत विरोध जनाइरहेका छन् ।

उक्त घट्नाको विषयमा गृहमन्त्रालयले उपसचिव राम बहादुर शाहीको संयोजकत्वमा पाँच सदस्यीय समिति समेत छानबिन गरिरहेका छन् । उनलाई नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नहटाउन दबाब दिएको भए पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जनजाति नेताहरूको चर्को दबाब रहेको कारण हटाएको स्रोतले बताए ।

कार्कीसंगै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसीलाई जिम्मेवारीबाट हटाएको छ ।
केसीलाई सरुवा गरेर प्रहरी प्रधान कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयमा पठाएको छ भने कार्कीलाई महानिरीक्षक वसन्त कुवारको सचिवालयमा पठाएको छ ।

केसीको ठाउँमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका एसएसपी सोमेन्द्रसिंह राठौरलाई पठाएको छ भने काठमाडौं प्रहरी परिसर,टेकुम एसएसपी भुपेन्द्र खत्रीलाई पठाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  २ : ३० बजे