११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

गाैरीशंकर-भष्मेका पहिराे प्रभावितलाई राहत वितरण


२ भाद्र २०८०, शनिबार  

142
Shares

लाक्पा शेर्पा

दाेलखाकाे गाैरीशंकर गाउँपालिका वडा नम्बर ७ मार्वुका ३२ पहिराे प्रभावितलाई राहत सामग्री वितरण गरिएको छ ।

गत साउन १८ गतेकाे पहिराेबाट प्रभावित टाेपटारका ६ भष्मेका २३ हुप्चीका २ र खानीखाेलाका एक घरपरिवारलाई शुक्रबार खाद्यान्न सामग्री वितरण गरिएको हाे ।

एसबी जर्मन, रीड नेपालको आर्थिक सहयोग तथा गौरीशंकर सामुदायिक पुस्तकालयको सहकार्यमा प्राप्त खाद्यान्न सामग्री वडा कार्यालबाटै वितरण गरिएको मार्वुका वडाअध्यक्ष साेनाम शेर्पाले जानकारी दिनुभयाे ।

दैनिक आवश्यक पर्ने चामल ४४ बाेरा, खाने तेल २२ लिटर, दाल, जिरा, नुन, चिनी, त्रिपाल लगायतका राहत सामग्री वितरण गरिएकाे शेर्पाले जानकारी दिनुभयाे ।

विपत्तिमा कसैलाई अप्ठ्यारो नपराेस भन्ने उदेश्यले त्यहाँ तत्कालका लागि आवश्यक पर्ने राहत सामग्री चामल तेल सहित त्रिपाल वितरण गरिएकाे गाैरीशंकर सामुदायिक पुस्तकालयका अध्यक्ष कृष्ण बस्नेतले बताउनुभयाे ।

पहिराेमा परि टाेपटारका दुई जनाले ज्यान गुमाएका छन् भने दुई जना अझै बेपत्ता छन् । टाेपटारमा ठुलाे धनजनको क्षति भएपछि भष्मेबासी पहिराेकाे त्रासले मार्वुमा रहेका आफन्तका सरणमा बसिरहेका छन् ।

पहिराेकाे त्रासले अाफ्नाे ठाउँ छाडेर अरुकाे शरणमा बस्दा दैनिकी नै अस्त व्यस्त बनेकाे त्यहाँका पहिराे पिडितले गुनासो गरेका छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा गौरीशंकर सामुदायिक पुस्तकालयका कोषाध्यक्ष होम पाठक, नेकपा एमाले गौरीशंकर गाउँपालिका कमिटी अध्यक्ष जंग गुरुङ, मार्वुका वडाअध्यक्ष साेनाम शेर्पा, हिमवर्ती माध्यमिक विद्यालयका प्रधानध्यापक शुव शेर्पा लगायतको सहभागिता रहेकाे थियो।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : १२ बजे