चरिकोट । नेकपा एमाले गौरीशंकर गाउँपालिले गौरीशकर क्षेत्रको बाढी पहिरो सम्बन्धमा प्रमुख जिल्ला अधिकारीमार्फत नेपालर सरकार समक्ष ध्यानकर्षण गराएको छ ।
एमाले गाउँपालिका अध्यक्ष जग बहादुर गुरुङको टिमले प्रमुख जिल्ला अधिकारीको ध्यानकर्षण गराएको हो ।
अविरल वर्षाको साउन ४/१८ गते गौरीशंकर गााउपालिका वडा नं ७ र ८ मा गएको वाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको थियो । दुई जना हालसम्म बेपत्ता भएका छन् ।
एकजना काठमाडौस्थित टिचिङ अस्पतालको मनमोहन कार्डियोलोजी सेन्टरमा र दुई जना बीर हस्पिटलको ट्रमा सेन्टरमा उपचार भइरहेको ध्यानर्षण पत्रमा उल्लेख छ ।
क्त दिनको बाढी पहिरोले गाँउपालिकाको वडा नं. ८ को सल्लेमा ३४ घर, वडा नं ७ को भस्मेमा २७ घर र टोपाटारमा ५ घर पूर्ण क्षेती भएकाले स्थानतरण गर्नु पर्ने देखिन्छ ।
बाढी पहिरोले ठुलो संख्यामा पशु चौपाय र वाली नालीको क्षेती भएको थियो ।
बाढी पहिरोवाट मानवीय तथा सम्पत्तीको ठुलो क्षेती भएकोप्रति नेकपा एमाले गौरीशंकर गाँउपालिका कमिटी दुःख व्यक्त गर्दछ । साथै, घाइतेको उपचार, वेपत्ताको खोजी र संकटमा रहेका जनताको तत्काल उद्धार र राहतको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार तथा प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

पहिरोबाट सिर्जित निम्नानुसारको समस्या समधानको लागि तीनै तहका सरकार समक्ष ७ वटा माग राखेका छन् ।
१) उक्त बाढी पहिरोमा परी गम्भीर घाइतै भै उपचारको क्रममा रहेका घाइतेहरुको उपचार खर्च नभै अलपत्र अवस्थामा रहेकाले उहाँहरुको उपचारमा पूर्ण सहयोग गरिदिन हुन ।
२) हालसम्म बेपत्ता रहेको व्यक्तिहरुको खोजी कार्य गरी एकीन गरिदिन हुन ।
३) विस्थापित वस्तीहरुका नागरिकहरुलाई तत्काल सुरक्षित स्थानमा अस्थायी व्यवस्थापन गरिदिन हुन । साथै, तत्कालै उक्त स्थानमा स्वास्थ्य सेवा, खाद्यन्न र अन्य आधारभूत आवश्यकता पूरा गरिदिन हुन ।
४) हाल बाढी पहिरोले क्षेती पुगेको स्थानमा स्थायी बसोबास गर्न अति नै जोखिम रहेकाले विस्थापितहरुलाई स्थानन्तरण गरी स्थायी वसोवासको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन हुन् ।
५) उक्त बाढी पहिरोले पैदल हिड्ने बाटो, मोटर बाटोमा क्षेती पुगी आवत जावतमा अबरोध पु¥याएकाले तत्कालै बाटोहरु मर्मत गरिदिन हुन् ।
६) बाढी पहिरो क्षेत्रमा मरेर सडेका पशु चौपायका कारण दुर्गन्ध फैलिएका र त्यसले महामारी ल्याउन सक्ने भएकाले तत्कालै सडेगलेका वस्तुहरुको व्यवस्थापन गरिदिन हुन ।
७) बाढी पहिरो क्षेत्रका वालबालिकाहरु हालसम्म विद्यालय जानसक्ने अवस्थामा नभएकाले उनीहरुलाई शिक्षाको अधिकारको व्यवस्था गरिदिन हुन् ।