१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

जीवन लामालाई फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार


२७ श्रावण २०८०, शनिबार  

150
Shares

चरिकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दोलखाका संस्थापक अध्यक्ष जीवन लामा ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार २०८०’ बाट पुरस्कृत भएका छन् ।

नेपाल आदिवासी जनजाटि पत्रकार महासंघ, संघिय कार्यसमितिले प्रदान गर्ने सो पुरस्कारबाट लामा पुरस्कृत भएका हुन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औं स्थापना दिवसको अवसरमा विराटनगरमा लामासहित अन्य पत्रकारहरुलाई पनि सम्मान तथा पुरस्कृत गरिएको हो ।

लामा नेपाल पत्रकार महासंघ दोलखाका पुर्व अध्यक्ष, कालिञ्चोक एफ.एमका स्टेशन म्यानेजर, चरिकोट मिडिया फाउन्डेसनका सञ्चालक हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ११ : १६ बजे