१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

अन्तर्राष्ट्रिय युवा दिवसमा वातावरण मैत्री अभियान


२७ श्रावण २०८०, शनिबार  

138
Shares

चरिकोट । २४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जिल्ला युवा समिति दोलखाले चरीकोट बजार सरसफाइ गरेको छ ।

दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ, हरित विश्व निर्माणमा हरित सिप विकास भन्ने मूल नाराका साथ बजार सरसफाइ गर्दै युवा दिवस मनाइएको युवा समिति दोलखका अध्यक्ष भरत रन श्रेष्ठले जानकारी दिनु भयो ।

उहाँका अनुसार हरेक महिनाको पहिलो साता बजार सफा गरिने तालिका तय गरिएको छ । मूल नारा लेखिएको स्टिकर हरेक पसल, गाडीहरुमा पनि टाँसिएको छ । सबै गाडीमा प्राथमिक उपचारका सामग्री र डस्टबीन राख्न पनि आग्रह गरिएको छ ।

पसल अगाडि र गाडीहरुले जथाभाबी फोहोर फ्याँके सतर्क गराउँदै कारबाही समेत गर्ने चेतावनी समेत दिइएको छ ।

ब्यानरसहितको सरसफाइमा जिल्लाका पत्रकार, नागरिक समाज, सामाजिक अभियन्ता, युवा खेलाडी, व्यवसायी, ट्राफिक प्रहरी, सवारी चालक, टोल सुधार समिति समेतको सहभागिता रहेको पनि उहाँले जानकारी दिनु भयो ।

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ५ : १७ बजे