१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025

विगुको ऐतिहासिक बाह्रसय पल्टनमा चौरी प्रवर्द्धन अध्ययन


२४ श्रावण २०८०, बुधबार  

288
Shares

चरिकोट । कालिञ्चोक याक एण्ड एग्रो फरेष्ट्रि टुरिजम रिसर्च सेन्टरले विगुको ऐतिहासिक थोबो डाँडा (बाह्रसय पल्टन) क्षेत्रमा चौरी पालनप्रवर्द्धन गर्ने उदेश्यले अध्ययन भ्रमण गरीएको छ ।

रिसर्च सेन्टरका अध्यक्ष लाल कुमार केसीको टिमले बाह्रसय पल्टन क्षेत्रमा चौरी प्रवद्र्धनका लागि अध्ययन गरिएको हो ।

‘हामीले त्यहाँको अगुवा चौरीपालक ङिमा शेर्पा, बाबुराम भुजेल, मिन बहादुर तामाङसँग पछि चौरी व्यवसायको विषयमा छलफल गरेका थियौं,’ सेन्टरका अध्यक्ष केसीले भने,‘यो ऐतिहासिक ठाउँमा चौरी पालनलाई प्रवद्र्धन गर्न चौरी र पर्यटन जोडेर काम गर्न सक्छौं ।’

यस्तै नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले ऐतिहासिक भोटसँग युद्ध भएको थोबो डाँडा दोलखाको पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्नुपर्ने बताए । चीन र नेपालको पुराना नाका भएका कारण यो क्षेत्र ऐतिहासिक पर्यटकीय गन्तव्य हुने मानन्धरको भनाई थियो ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ३९ बजे