११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025

शितल पाण्डेलाई कारवाहिको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र


२२ श्रावण २०८०, सोमबार  

308
Shares

चरिकोट । नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति दोलखाले विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय दोलखामार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइएको छ ।

तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति दोलखाका अध्यक्ष नविन लामाले अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्ने गरी विवादास्पद अभिव्यक्ति दिएकाले जातिय विभेद विरुद्धको ऐन, संविधान बमोजिम कारबाहि गर्नु पर्ने बताए ।

नेपाल तामाङ घेदुङ संघ जिल्ला समन्वय समिति दोलखा र नेपाल मगर संघ जिल्ला समन्वय समिति दोलखाले संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै आफूहरुको आन्दोलनमा बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाहीको माग गरिएको छ ।

साउन १७ गते अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी परिसर टेकु काठमाडौँमा धर्ना दिने क्रममा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीसहित संलग्न प्रहरीमाथि कारबाहीको माग गरिएको हो । प्रहरीले अनावश्यक बल प्रयोग गरी चरम यातना दिएको र यातना तथा निर्घात कुटपिटबाट घाइते भएका अभियन्ताहरूलाई उपचार खर्चसहित उचित क्षतिपूर्तिको माग समेत गरिएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  २ : २९ बजे